वैशाख ४ मा भद्रगोल
विगत केही महिना देखि नेपाल टेलिभिजनबाट प्रशारण रोकिएको चर्चित हाँस्य सिरियल फेरि प्रशारणमा आउने भएको छ । चर्चित हाँ
स्य सिरियल ‘भद्रगोल’ वैशाख ४बाट प्रशारणमा आउन लागेको हो । केहि समय प्रसारण नआएको नेपाली हास्य टेलीश्रृखला भद्रगोल पुन प्रशारण वैशाख ४ शुक्रबार बाट आउने निर्देशक शंकर आचार्यले जनाएका छन । करोडौं देश तथा विदेशमा बस्ने नेपालीको रोजाइ बन्न सफल टेलीश्रृखला भद्रगोल विज्ञापन एजेन्सी को लापरबाहीका कारणले प्रसारणमा टेलिभिजनले रोक लगाएको थियो । यस अधि र यस पटक गरि करिब ३ महिना टेलीश्रृखला प्रसारणमा नआएको थियो । प्राविधिक समस्याले एक साता प्रसारणमा ढिलाहुने निर्देशक शंकर आचार्यले बताए । यस अधि पनि यस्तै केहि समस्या आएर प्रसारण नभए पछि दर्शका मनमा विभिन्न जिज्ञ्साहरु उत्पन्न भएका थिए ।वल्ड भिजन एड्भटाइजीङ्गले नेपाल टेलिभिजन संग करिब ५ करोड ८६ लाख रुपैयाको चलखेल गरेका कारण प्रसारणको अनुमति नदिएका कारण टेलीश्रृखला भद्रगोल प्रसारणमा रोक लगाइयो पछि पुन पसारणको टेण्डर मिडिया हबले लिएको हो ।छोटो समयमा नै बहु चर्चित हास्य टेलीश्रृखला भद्रगोल समस्त नेपाली मनहरुको ढुक ढुकि बन्न पुगेको छ । यसमा प्रयोग हुने संवादहरु अहिले मानिसहरुका बोलीचालीको भाषा भन्न पुगेको छ । निर्देशक शंकर आचार्य भन्छन ‘सम्पुर्ण देश विदेशका दर्शकहरुको माया सद्भाव र प्रेरणाले आज भद्रगोल यो ठाउसम्म पुगेको छ अझै यो साथको अपेक्ष राख्द छौ’
via:NepaliFilmy Media House Pvt.Ltd
No comments:
Post a Comment