Sunday, 19 April 2015

भद्रगोलका बलेले देख्ने भए बाबुको बिहे




काठमाडौं, ५ वैशाख । ‘ए हो ठीकै छ !’ लोकप्रिय हास्य टेलिश्रृंखला भद्रगोलका सिते बा जहिले जुनसुकै अवस्थामा पनि यसै भनेर हैरान पार्छन् । सुखद अवस्थामा होस, चरम दुःख परेका बेलामा पनि यी सिते बाले ठाउँ न कुठाउँ ‘ए हो, ठीकै छ’ भनेर खित्तित्त हाँस्दै अरु पात्रलाई हैरान पार्छन् भने दर्शकलाई चाहिँ रमाइलो गराउँछन् । भद्रगोलका यी सिते बालाई चाहिँ बल्ल आएर अरुले ‘ए हो ठीकै छ’ भन्ने बेला आएको छ । किनभने यी तन्नेरी सिते बा बल्ल बिहे गर्दैछन् । उनी जसलाई बिहे गर्न लागेको खबर सुनाउँछन्, उनीहरुले सीतेबालाई उनकै शैलीमा ए बिहे पो गर्न लाग्या, ठीकै छ भनेर बदला नै लिए जसरी जिस्काउन थालेका छन् ।
सिरियलमा पाको वृद्द देखिने सिते बाको लालाबाला धेरै होलान्,यिनले त उहींले नै बिहे गरिसके होलान् भन्ने लाग्दो हो । तर यी सिते बा सिरियलमा जस्तो बुढो छैनन् ।
काभ्रेपलाञ्चोक जिल्ला कोशीबेखा गाविस वडा नं. १ पिले डाँडा घर भइ हाल राजधानीको चण्डोलमा बस्दै आएका मधुसूधन पाठक नामधारी यी सिते बा वास्तविकतामा भने बल्ल २६ वर्ष पुगेका छन् । बिहे गर्ने सुरसार पनि बल्ल गर्दैछन् ।
मधुसूदनका लागि भद्रगोलकै निर्माता तथा एक कलाकार सुवास कार्की बेलासेले लमी बनेर केटी खोजिदिएपछि उनी आगमी बैशाख १६ गते विवाह बन्धनमा बाँधिन लागेका हुन्स । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

Tuesday, 14 April 2015

शुक्रबारदेखि भद्रगोल





विगत केही महिना देखि नेपाल टेलिभिजनबाट प्रशारण रोकिएको  चर्चित हाँस्य सिरियल फेरि प्रशारणमा आउने भएको   चर्चित हाँस्य सिरियल ‘भद्रगोल’ वैशाख ४बाट प्रशारणमा आउन लागेको हो  यस टेलीश्रृखलाका निर्माता सुबाश कार्की (बेलासेले  नयाँ बर्ष २०७२ सालको
मंगलमय विहानीले यहाँहरूको
जीवनमा उज्यालो छरोस्। तन
मन  बिचार स्वस्थ्य रहोस् 
गाँस बास  कपासको अभाव
नहोस्। नराम्रा कुरा कानले
सुन्न नपरोस्। नराम्रा कुरा
आँखाले हेर्न नपरोस्। मुखले
दुर्बाच्य बोल्न नपरोस्।पाइला
सधै प्रगति पथमा लम्किरहुन 
हातले सधै सिर्जनशील काम
गरोस भन्ने चाहना सहित
मंगलमय शुभकामना संपूर्ण भद्गगोल दशक
तथा भद्गगोल परिवारलाई भन्नु भएको  तनाबै तनाब गोजीमा  रुपैया छैन - भद्रगोल  फसबूक पेज बाट ..

Thursday, 9 April 2015

वैशाख ४ मा भद्रगोल

विगत केही महिना देखि नेपाल टेलिभिजनबाट प्रशारण रोकिएको  चर्चित हाँस्य सिरियल फेरि प्रशारणमा आउने भएको छ । चर्चित हाँBhadragol-300x219स्य सिरियल ‘भद्रगोल’ वैशाख ४बाट प्रशारणमा आउन लागेको हो । केहि समय प्रसारण नआएको नेपाली हास्य टेलीश्रृखला भद्रगोल पुन प्रशारण  वैशाख ४  शुक्रबार बाट आउने निर्देशक शंकर आचार्यले जनाएका छन । करोडौं देश तथा विदेशमा बस्ने नेपालीको रोजाइ बन्न सफल टेलीश्रृखला भद्रगोल विज्ञापन एजेन्सी को लापरबाहीका कारणले प्रसारणमा टेलिभिजनले रोक लगाएको थियो । यस अधि र यस पटक गरि करिब ३ महिना टेलीश्रृखला प्रसारणमा  नआएको थियो ।  प्राविधिक समस्याले  एक साता प्रसारणमा ढिलाहुने  निर्देशक शंकर आचार्यले  बताए । यस अधि पनि यस्तै केहि समस्या आएर प्रसारण नभए पछि दर्शका मनमा विभिन्न जिज्ञ्साहरु उत्पन्न भएका थिए  ।वल्ड भिजन एड्भटाइजीङ्गले नेपाल टेलिभिजन संग करिब ५ करोड ८६ लाख रुपैयाको चलखेल गरेका कारण प्रसारणको अनुमति नदिएका कारण टेलीश्रृखला भद्रगोल प्रसारणमा रोक लगाइयो  पछि पुन पसारणको टेण्डर मिडिया  हबले लिएको हो ।
छोटो समयमा नै बहु चर्चित  हास्य टेलीश्रृखला भद्रगोल समस्त नेपाली मनहरुको ढुक ढुकि बन्न पुगेको छ । यसमा प्रयोग हुने संवादहरु अहिले मानिसहरुका बोलीचालीको भाषा भन्न पुगेको छ । निर्देशक  शंकर आचार्य भन्छन ‘सम्पुर्ण देश विदेशका दर्शकहरुको माया सद्भाव र प्रेरणाले आज भद्रगोल यो ठाउसम्म पुगेको छ अझै यो साथको अपेक्ष राख्द छौ’
via:NepaliFilmy Media House Pvt.Ltd

Wednesday, 8 April 2015